ब्राहमण समाज नेपालको ब्लगमा यहाँलाई हार्दिक स्वागत छ
ब्राहमण समाज नेपाल के, किन र के का लागि?
ब्राहमण समाजको राष्ट्रिय अखण्डता सामाजिक सद्भाव र स्वजातीय स्वाभिमानको सुरक्षाका लागी जन्मिएको गैरराजनीतिक संस्था हो । नेपाल ऐतिहासिक कालदेखि नै विभिन्न जातजाति भाषाभाषी र संस्कार-सस्कृतिका मानिसहरुको साझा बासस्थल रहँदै आएको छ । यस राष्ट्रको निर्माण कालदेखी विकास विस्तार र आधुनिकीकरण हुँदै प्रजातन्त्रीकरण वा गणतँत्रीकरण सम्मका अभियानमा ब्राहमणहरुले गरेको उल्लेखनीय योगदान जगजाहेर छ ।
आधुनिक इतिहासकारहरुका अनुसार ई.पू. १२ सय बर्ष र प्राचीन पुराणइतिहासकारका अनुसार ई.पू. ३००० बर्षदेखी यस भु-भागमा ब्राहमणहरुको अस्तित्व रहदै आएको बुझीन्छ । जैमानी भरत च्यवन पराशर कौशिक अत्रि गण्डक पुलह र पुलस्त्य आदि ऋषिब्रहमणसँग सम्बद्ध साहित्यबाट कम्तीमा आजभन्दा ५००० बर्ष पूर्व देखी नेपाल भुमीमा ब्राहमणहरु रहँदै आएको पुष्टि हुन्छ । यस दॄष्टिले ब्राहमणहरु यहाँका आदिवासी नै ठहर्छन् । ब्राहमणहरुको बुद्धिविवेक क्षेत्रीहरुको शूरतावीरता र अन्य जातजातीहरुको श्रम सीपजन्य पुरुषार्थको संयोजनबाट यो राष्ट्र आजको अवस्थामा आएको कुरालाई नकार्ने ठाउँ छैन ।
यिनै पृष्ठभूमिमा अनेक आरोह अवरोह पार गर्दै वर्तमान शासन-सत्ता अस्तित्वमा आएको हो । नामले यो प्रजातान्त्रिक वा गणतान्त्रिक सरकार भए पनि यहाँका जनताले एउटा प्रजातान्त्रिक सरकारवाट पाउनुपर्ने हक अधिकार अवसर सुरक्षा लगायतका आधारभुत मानवीय अधिकार पनि पाउन सकेका छैनन् । आफ्नो न्युनतम नैसर्गिक मानवाधिकारका लागि पनि सरकार सँग संघर्षै गर्नुपर्ने लज्जास्पद स्थिति छ । नेताहरु सौहार्दतापूर्वक मिलेर बसेका नेपाली समाजमा जातिय क्षेत्रिय प्रान्तीय फुट पैदा गरेर विद्वेष र द्वन्द्व सृजना गरी सर्वसाधारण जनतालाई हदैसम्मको दुःख दिएर आफ्नो क्ष्ाद्र राजनैतिक स्वार्थ पूर्ति गर्न कम्मर कुसेर लागिरहेका छन् । यसले गर्दा नेपालको जातिय सद्भावलाई पुनर्जागरित गर्ने आफ्नो गौरवमय ऐतिहासिक दायित्तव बोध गरी सरकार सामु सशाक्त र संगठित आवाज पुर्याउन ब्राहमणहरुद्वारा यो समाज गठन गर्ने कार्य भएको छ ।
यो ब्राहमण समाज नेपाल नेपाली जातीलाई अनेकातामा तोडन होइन एकताको सुत्रमा जोड्न गठन भएको हो । ऐतिहासिक यात्रामा जानेर वा नजानेर भएका कमीकमजोरीहरुलाई सच्चाउदै आदिम कालमा मुखरित भएको " संगच्छध्वं संबदध्वं ……… सहनाववतु सहनौ भुनक्तु " को आदर्श भावना बोकेर हामी सबैको एउटै घर नेपाल र हामी सबैको एउटै जाति नेपाली भन्ने अवस्थामा पुगौं र यसरी नयाँ नेपालको निर्माणमा सहयोगी बनौं भन्ने आशयले यो राष्ट्रिय ब्राहमण समाज को सुत्रपात भएको हो । यस कार्यमा देशका सब ब्राहमणहरुको र साथै अन्य जातजाति भाषाभाषी धर्मसम्प्रदाय दल वा पार्टी को पनि सहयोग रहने छ भन्ने आशा गरेका छौ ।
हुन त शास्त्रीय अर्थमा ब्राहमण वा ब्राहमणत्व कनै जात नभएर निश्चित योग्यता प्राप्त गरेपछि पाइने उपाधि हो । परमसत्य वा ब्रहमलाई आत्मसात गरेको उच्चतम ज्ञानशक्ति र बुद्धिविवेक सम्पन्न जुनसुकै व्यक्ति ब्राहमण कहलाउँथ्यो । यसरी गुण र कर्मका आधारमा समाजमा ूब्राहमणू भन्ने वर्ग खडा भए यताका हजारौं बर्ष देखि ब्राहमणले मानवजातिलाई शान्ति सद्भाव र समन्वयको सुत्रमा जोड्ने प्रयास गर्दै आएको देखिन्छ तर मध्यकालमा जव ब्राहमणले एउटा जन्मगत जातिय स्वरुप प्राप्त गर्यो त्यसमा अनेक विकृति र विसंगति पनि भित्रिए जसले गर्दा ब्राहमण वर्ग आलोच्य वन्यो अहिले पनि त्यस्ता विकृतिका अवशेषहरु छन् जसको सुधार र परिमार्जन आवश्यक छ ।
ब्राहमण समाजको गठन ब्राहमणहरुको नैसर्गिक स्वभाव र मनोगत रहर नभएर वर्तमान समयमा देशमा सृजना भएको विखण्डनकारी विघटनकारी विद्वेषमूलक विकट परिस्थितिको वाध्यात्मक प्रतिफल हो भन्ने कुरा सवैसामु जाहेर गर्न चाहन्छौं ।
ब्राहमण समाज नेपाल को गठन गर्नु पर्नाका कारणहरु : -
१. देशका सबै जातजातिहरुले एक एक गरी आ-आफ्ना जातीय संगठन गरेर ब्राहमण जाति मात्रै एक्लिन पुगेकाले ।
२. प्रजातन्त्रिक मुलुकको सरकारले पनि आफ्ना सवै नागरीकहरुलाई विना भेदभाव समान हकअधिकार प्रत्यभूत गर्नुपर्नेमा जातिय आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्ने विभेदकारी नीति लिएकाले ।
३. संगठित शक्ति नवनेसम्म वैयक्तिक रुपमा जतिसुकै राम्रो र न्यायपूर्ण कुरा उठाए पनि राज्यले नसुन्ने भएकोले ।
४. ब्राहमण कुलमा जन्मिनु नै अपराध हो कि भन्ने झै गरी ब्राहमणहरुलाई विभिन्न अशोभनीय आक्षेपहरु लगाउन र भेदभावपूर्ण व्यवहार गर्न थालिएकाले ।
५. सरकारको अकर्मण्यता र विभेदकारी व्यवहारका कारण कैयौं होनहार प्रतिभाहरु विदेश पलायन भई राष्ट्रमा सृजनात्मक एवं बौद्धिक संकट आउने खतरा बढ्न थालेकाले ।
६. ब्राहमण वर्गभित्रै रहेका कतिपय विभेदमूलक रुढी र अन्ध विश्वासमूलक अवधारणहरु परिमार्जन गर्नुपर्ने भएकाले ।
ब्राहमण समाज नेपाल का प्रमुख उद्देश्यहरु :
१. मानवमात्रको कल्याण र उत्थानको लागि प्राचीन कालमा ब्राहमण ऋषिमहर्षिवर्गले गरेका योगदानहरुको स्मृति जगाउन र त्यसै दिशातिर लाग्न वर्तमान र भविषयका ब्राहमण समुदायलाई प्रेरित गर्नु ।
२. नेपाली समाजमा फैलिन लागेको जातीय द्वेष घटाउँदै सह-अस्तित्व सद्भाव र सहिष्णुताको विकास गर्नु ।
३. जातीय आधारमा गर्न लागिएको राज्यपुनसंरचना र आरक्षण व्यवस्था दुवै त्रुटिपूर्ण र अवैज्ञानिक छन् । आरक्षण गरिव अनाथ असहाय अपाङ्गहरुलाई हुनुपर्छ जातविशेषलाई हुनुहुँदैन भन्ने चेतना फैलाउनु ।
४. ब्राहमण समुदायभित्र रहेका अनेक आन्तरिक विभेद र समस्याहरु सुल्झाउदै सबैबीच पारस्परिक आत्मीय एकता कायम गर्नु ।
५. हाम्रा पूर्वज ऋषिमहर्षिहरुले आर्जन गरेका ज्ञानराशि र आविष्कार गरेका वैज्ञानीक चिन्तन संस्कृत भाषामा सुरक्षित भएकाले लोककल्यण का लागि उक्त भाषाको विकास पठनपाठन र अध्ययन अनुसन्धानमा सहयोग गर्नु ।
६. हाम्रा धार्मिक एंव सांस्कृतिक कर्मसंस्कारहरुलाई समयसापेक्ष एंव व्यवहरीक बनाउदै लैजाने र ती भित्रका जीवनउपयोगी बैज्ञानिक पक्षलाई उजागर गर्न सघाउनु ।
७. जातीय एकताका माध्यमबाट माथि उठ्दै अन्र्तजातीय एकता र राष्ट्रिय एकता हुँदै सम्पूर्ण मानवीय एकतालाई आत्मसात गरी अन्तमा विश्वमानवतामा प्रतिष्ठित हुनु यस समाजको परम उद्देश्य हो ।
अन्तमा संपूर्ण ब्राहमणहरुको हक हितका लागि गठित यस समाजलाई आफ्नै घर ठानेर यसको सदस्य बनेर आफ्नो अमूल्य विचार र सल्लाह सुझावहरु यसलाई दिएर समाजका कार्यक्रमहरुमा सहयोगी एंव सहभागी हुन संसार भरि छरिएर रहनुभएका सवै वर्ग पेशा लिङ्ग समुदाय र ओहदाका ब्राहमण बन्धुहरुलाई हार्दिक आव्हान गर्दछौं ।
कुराकानी बिसेष :
प्रा. नारायणप्रसाद अधिकारी अध्यक्ष- ब्राह्मण समाज नेपाल
किन आवश्यक प¥यो ब्राह्मण समाज कहिले गठन गर्नुभएको पृष्ठभूमि पनि वताइदिनु न ? जातीय संगठन गर्नेपर्र्ने जस्तो थिएन । दलहरुले जातिय प्रतिवद्धता गरे । भोलीको अवस्था ख्याल गरेनन् । जातीय राज्यको वचन अनि आरक्षण दिए । ब्राह्मणहरु जातीय संगठनको शारीरिक र मानसिक पीडा खप्न वाध्य भए । पोखरामा तमुवान राज्य घोषणा गर्ने सिलसिलामा ब्राह्मणहरुलाई असैह्य गाली गरियो । ब्राह्मण कासी जाऊ , क्षेत्रीहरु फाँसी जाऊ यो भूमि हाम्रो हो । हामीमाथि शोषण गर्ने कुनै अधिकार छैन भन्ने नारा जुलुस गरे । हामी ब्राहमण उनीहरुको गाली र चर्काे भाषण नमिठो गरि सुन्यौ । सदियौ देखि यहाँ मिलेर वसेका र दाजुभाई जस्तो ब्यवहार गदै आएकाहरुलाई समेत त्यो घटनाले नमिठो अनुभव गरायो । त्यस्तै पश्चिममाञ्चल क्षेत्रिय अस्पतालमा गुरुङ बालिका उपचारका क्रममा मृत्यु भयो । डाक्टरको लापरर्वाहीवाट उनको ज्यान गएको थियो । तमू धिं कास्की नामक संस्थाले अस्पताल घे¥यो । उतm संस्थाकोे दवावमा अस्पताले २० लाख रुपैयाँ क्षतिपूर्ति दियो । तर केही समयपछि त्यस्तै घटनामा एक ब्राह्मण समूदायकी वालिकाको पनि मृत्यु भयो । तर उनको न कसैले क्षतिपूर्ति दियो न त उनको पक्षमा वोल्ने कोही नै भयो । बाहुनको संस्था पनि थिएन । एउटै प्रकृतिका घटनामा संगठनले धेरै प्रभाव पारेको महशुस हामीलाई भयो । संगठन नहुदा एक्लो हुदो रहेछ भन्ने पनि गरायो हामीलाई । पोखरामा अर्काे घटना पनि भयो । दुई पुजारीलाई घाटी रेटेर मारियो । त्यही समयमा काठमाडौको एक चर्चमा एक ब्यतिm मारिएका थिए । त्यो घटनामा प्रधानमन्त्री माधवकुमार नेपाल स्वयम् गएर छानविन गर्न देखि संवेदना दिने काम गरे तर पूजारीको विषयमा न त मिडियाले लेखे न सरकारले चासो लिएर हत्यारालाई कारर्वाही गर्ने काम नै ग¥यो । । यी घटनाले ब्राह्मणहरु निरीह वन्दै भएको यथार्थ अनुभव गरायो । देशका कुनै भागमा पनि एउटा ब्राह्मणलाई टक्याक हिरर्काएर मारेमा पनि वोल्ने कोही रहेन्छ भन्ने कुरा देखायो । विंस २०६६ जेठ २२ मा राष्ट्रिय ब्राह्मण समाजको स्थापना भयो । ब्राह्मणको नाममा खुलेका र छरिएर रहेका ११ वटा संस्था रहेछन् । अन्यतिर भएका संगठनलाई एकिकरण गर्ने निर्णय गरेर देवघाटमा ब्राह्मण समाज नेपाल गठन गरियो । काठमाडौमा विधान दर्ता गरियो । अहिले ६३ जिल्लामा यसको संजाल छ । वाँकी जिल्लामा पनि गठन गदै जान्छौ । भोली गएर हामी माथि जाइलाग्न थालियो भने पनि हामीले पनि केही गर्नुपर्दछ आत्मरक्षाका लागि भनेर संगठनलाई अगाडि वढाएका हौ ।
सवै जातजातिहरुले आफ्ना संगठन खोलेपछि यो स्थापना भएको हो । सवैभन्दा कान्छो संगठन हो ।
व्राह्मणले जनजातिको भाग खोस्न चाहेका छैनन् । हिजो ब्राह्मणहरु अगाडि थिए । ब्राह्मणलाई आरक्षण दिएर अगाडि आएका थिएनन् । आफ्नै परिश्रम र वाहुवलले पुगेका थिए ठूलो ठाउँ र राज्यका महत्वपूर्ण ठाउँमा । जनजातिहरुले वाहुनकै कारण आफूहरु अगाडि वढन नसकेको ठान्नु भ्रम हो । वाहुनलाई त्यहाँसम्म पुग्न कसैले सहयोग चाही गरेको होइन । आफ्नै कठोर परिश्रम र साधनाले खुल्ला प्रतिस्पर्धामा आएर नै ब्राह्मण ब्राह्मण वनेका थिए । त्यो अवसर प्राप्त गर्न त सवैलाई वाटो खुल्ला नै थियो । एउटा गुरुङको छोरा कहिले छाती ३२, ३३ इन्च पुग्ला भनेर नापेर वस्छ अनि भर्ती हुन जान्छ , कसिएर पढदैन , पढनतिर ध्यान दिदैन । वाहुनको छोरा कसिएर पढछ अनि लोकसेवा पास गरेर जागिर खान्छ । कसैको भाग खोस्न यो संगठन स्थापना भएको होइन । वाहुनको त्यो माग पनि होइन । दौडेर अगाडि जानेलाई खुट्टा तानेर जित्छु भन्नु राम्रो होइन । सवैलाई कसरी अगाडि वढाउने र पछाडी परेकालाई कसरी अगाडि वढाउने हो त्यो सोच्नु पर्दछ अनि सवैको विकास हुन्छ । देशमा अग्रगमनको कुरा गर्ने अगाडि गएकालाई पछाडि धकेल्न खोज्नु उचित कुरा होइन । प्रहरी र सेनामा वाहुनको संख्या कम छ । तर अरु क्षेत्रमा वाहुनको वाहुल्यता छ । लोकसेवामा पनि ५० प्रतिशत आरक्षण अरु जातिलाई दिइएको छ । वाहुनको संख्या धेरै भएको छ तर खुल्ला प्रतिस्पर्धामा मात्र लडन पाउने ब्यवस्था गरिएको छ । खुल्ला प्रतिस्पर्धामा जो पनि आउन पाउँछ । उता अरु जातिलाई आरक्षण पनि खुल्लामा पनि लडन पाउने तर वाहुन आरक्षणमा लडन पाउदैन यही नै हामीलाई गुनासो अनि चित्त नवुझने कुरा हो । सेना र प्रहरीको उच्च पदमा वाहुन होइन जनजाति नै पुगेका छन् ।
किन यसरी ¥याली जुलुश गर्नुपर्यो , अरुले कान काटे भन्दैमा ब्राहमणहरु त ज्ञानी मान्छे भन्नुहुन्छ, किन कान काट्नु पर्यो ?
परिस्थती उपज हो । जातीय संगठन बनाउने प्राणी हामी होइनौ । आत्मसंरक्षणको लागि हो । भोलि बन्ने सविधानमा भेदभाव गरिदैन भने पछि त्यो त्यसै सकिन्छ । आज भोलि आवाज उठाए र कराएमात्र सुनिने संस्कार छ । शान्तिपूर्ण जति सभा सम्मेलन गरेपनि त्यसले केही नहुने भैसकेको छ ।
तपाईहरुको माग के हो ?
हामीलाई भाग चाहिएको होइन र भाग माग्न हामीले संगठन खोलेको पनि होइन । जातीय राज्य वनाउनु हुन्न राष्ट्रलाई अहित हुन्छ । जातीय राज्यको कारण छैन । जुन जाति ७५ प्रतिशत वसोवास गर्दछ र ८० प्रतिशत भाषामा पनि त्यही जातिको वाहुल्यता छ भने मात्र जातीय राज्य दिन सकिन्छ भन्ने अन्तराष्ट्रिय मान्यता छ । त्यो हिसावले नेपालमा कुनै पनि जातिको लागि छुट्टै राज्य संम्भव नै छैन । अल्पसंङख्यकले शासन गर्नु भोटको राजनीति मात्र हो । ब्राह्मणहरुलाई राज्य चाहिएको होइन । राष्ट्र र राष्ट्रियता वचाउनु पर्दछ यही नै हाम्रो माग हो । अनि राज्यलाई हामी यही सुझाव दिन्छौ ।
ब्राह्मण समाजभित्र क्षेत्रीहरुलाई पनि समेटन सक्नुभएन छ त ?
ब्राह्मण र क्षेत्री मिल्न चाहेनन् । पूर्वतिर ब्राह्मण र क्षेत्री भित्र वैमनश्य छ । क्षेत्री समाजलाई पनि यसैमा एकीकरण गर्ने हाम्रो चाहना हो ।
ब्राह्मणको खासै केही पहिचान त छैन नि ?
ब्राह्मणहरु समाज र संस्कृतिप्रति जागरुक छन । संस्कार र संस्कृति धर्म आदि वैज्ञानिक र विधिसंम्वत् छन् । धर्ममा विज्ञान खोज्दै अगाडि वढनु पर्दछ अव । राजनीतिक अधिकारका लागि पहिचान वनाउने होइन । ब्राह्मणले सिङ्गो मुलुकको हितको चिन्तन गरेको छ । जातीय राज्यले मुलुकलाई सही दिशा निर्देश गदैन ।
यसरी त समाजमा जातीय द्वन्द्व बढ्दैन ?
जातीय द्वन्द्ववाट नेपालीलाई फाइदा हुदैन । जातिय द्वन्द्व वढाएर विदेशीहरुलाई नै फाइदा पुग्छ । राज्य कमजोर हुन्छ । आन्तरिक झगडा हुदा छिमेकी वलिया हुन्छन् । नेपालीहरुलाई भन्दा विस्तारवादी शतिmहरुलाई फाइदा पुग्छ । नेपाल जातीय द्वन्द्वको संम्भावना नजिक छ त्यही भएर त्यस्तो परिस्थिति नआउदै हामीले सचेत पार्न खोजेका हौ । जातीय सद्भाव र राष्ट्रिय स्वाभिमान हाम्रो नारा हो । जातीय विभेद सहित संविधान वन्नुपर्दछ भन्नुभएको छ , त्यो कस्तो संविधान हो ? संविधानमा आरक्षण वर्गको आधारमा होस् जातिका आधारमा होइन । जातका आधारमा राज्य होइन शातिmको विकेन्द्रिकरणका लागि होस् संघीयता । १० वटा जातिलाई मात्र राज्य दियो भने सवै जातजाति भएको मुलुकमा अरु जाति के गर्दछन् ?
संविधान जनजातिपक्षमा आयो वा ब्राह्मणको माग संम्वोधन नभए तपाईहरु के गर्नुहुन्छ ?
जातिय आधारमा विभेद गरिएको संविधान आयो भने ४६ प्रतिशत जनताले वहिष्कार गर्दछन् । त्यो संविधान लागू गर्न ब्राह्मण समाजले दिनेछैन ।
तपाईहरु आफुलाई आदिवासी दावी गर्नुहुन्छ । ब्राह्मणहरु कसरी आदिवासी भए ? ब्राह्मणहरुको ऐतिहासिक पृष्ठभूमी के हो ?
ब्राह्मण एउटा उपाधी हो । जिवन र जगतको ज्ञान हासिल गर्ने ब्राह्मणले आदिम काल देखि विभिन्न क्षेत्रमा ज्ञानकै कारण अगाडि आएको हो । ब्राह्मणलाई दिइएको उपाधिले पारिवारिक रुप लियो । ब्राह्मणहरु आदिवासी हुन् । आगन्तुक होइनन् । ३५ लाख जनसंख्या भएको जातिलाई राज्यले जाति नै होइनौ भनेको छ । त्यो सरासर ब्राह्मणमाथि गरेको अन्याय हो । नेपालभित्र नै वसिरहेको जाति चाही कुन ? ब्राह्मणको ५ हजार वर्ष अगाडिको इतिहास छ । शेर्पा जाति १५३० –१६०० तिर तिब्वतवाट आएर हिमाली क्षेत्रमा वसोवास गरेका हुन् । ८ सय वर्ष अगाडि गुरुङ र १ हजार वर्ष अगाडि मगर जाति नेपालमा वसोवास गर्न थालेको इतिहास छ । भगवान गौतम वुद्धको जन्म हुदा पनि ब्राह्मण वोलाइएको थियो । काठमाडौका राजा मानदेवको समयमा विसं ३८७ को शिलामा पनि त्यो कुरा उल्लेख छ ।सबै तिर बाहुनको बर्चश्व छ तर ति शासक र राजनीतिक दलहरुले भोटका लागि आत्मघाती निर्णय गरेका हुन् । ती नेताहरु राष्ट्र र राष्ट्रियताको वारेमा चिन्ता नै गरेनन् । उनीहरु जातिघाती र राष्ट्रघाती हुन् ।
ब्राह्मणहरु आजको २१ औ शताब्दीको समयमा पनि धर्ममै आधारित भएर आफूलाई माथि उठाउन खोज्नु अनि त्यही अनुरुप समाजको परिकल्पना गर्नु नमिल्दो भएन र ?
ब्राह्मणहरु आध्यात्मिक जाति हो । धार्मिक र मानवीय कुरा छन् । पहिले सामाजिक मूल्य र मान्यताहरु धर्ममा नै आधारित थियो । धर्मले नै समाज र सामाजिक कृयाकलापलाई दिशा निर्देश गरिरहेकै छ । तर धर्म नमान्ने र आधुनिक हुने होडमा समाजमा विकृति र हिंसा उब्जिएको हो । धर्ममा आधारित संस्कृति नै राष्ट्रिय सस्कृति हो । अरु मुलुकहरुमा पनि त्यही ब्यवस्था छ । पोशाक र सस्कृत भाषा अहिले ब्राह्मणले छाडेका छन् । तर विशेष ठाउँमा अझ पनि कायम नै राखिएको छ ।
प्रस्तुति ः गोविन्द लुइँटेल